२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कैलालीको एक नदीमा डुबेर १३ वर्षीय बालक सदाको लागी अस्ताए

३० चैत्र, धनगढी । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका ११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको बताए । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस