२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

जब प्रधानमन्त्रीले पूर्वराजाका समर्थकलाई पशुपतिका बाँदरसँग तुलना गरे…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुन:स्थापनाको पक्षमा उत्रिएकाहरूलाई कटाक्ष गर्दै ती मानिसहरूलाई मन्त्री बनाउनुको सट्टा पशुपतिका बाँदर मन्त्री बनाउनु उपयुक्त हुने बताएका छन्।

एमाले अध्यक्ष समेत रहेका ओलीले झापाको दमकमा आयोजित नेकपा (एमाले) को जनजागरण सभामा बोल्दै ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनातर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘राजतन्त्र फर्काउने र दुई/चार सडक छाप मान्छेहरूको तमासा चैत १५ गते देखियो।’ अब तोडफोड, हत्या हिंसा, आक्रमण यस्ता कुराहरू सैह्य नभएको भन्दै ओलीले भने, ‘अढाई सय वर्ष केही नगरिकन खाने, देश लुट्नेहरूप्रति नेपाली जनता सचेत छन्, जनताले बुझेका छन्।’

राजनीति नबुझेका र ढुंगा हान्न जान्नेहरूले देश चलाउने सपना देखिरहेको भन्दै ओलीको भनाइ थियो। उनले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रण, विकास र स्थायित्वको दिशामा अघि बढिरहेको भन्दै देश संविधान र कानुनअनुसार चल्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस