२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आमाको किरिया बसेकै बेला छोरा रामप्रसाद अस्ताए, परिवारले कसरी सहने भगवान ?

३१ चैत्र, झापा । आमाको किरिया बसिरहेका एक छोराको निधन भएको छ । झापाको दमक नगरपालिका ८, लक्ष्मी टोल निवासी ६१ वर्षीय रामप्रसाद संग्रौलाको किरियाकालमै निधन भएको हो । गत आइतबार उनकी आमा तिलामाया संग्रौलाको निधन भएको थियो । मातृशोकमा डुबेका रामप्रसाद किरिया बसिरहेको अवस्थामा बिहीबार राति एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

हृदयघातका कारण गम्भीर बनेका उनलाई अस्पताल पुर्‍याइएलगत्तै राति करिब पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । पारिवारिक संवेदनशीलताका कारण उनको निधनको खबर तत्काल सार्वजनिक गरिएको थिएन । घरमा सबैको रुवाबासि छ । सहनै नसक्ने पिडा दिएको भाई लक्ष्मीप्रसाद संग्रौला बताउँछन् । मृतक रामप्रसाद संग्रौला झापाका समाजसेवी तथा सम्मानित व्यक्ति थिए । उनका भाइ लक्ष्मीप्रसाद संग्रौला राप्रपा पार्टीका केन्द्रीय सदस्य हुन् । उनले दाजुको अन्त्येष्टि आज दिउँसो २ बजे कन्काई मुक्ति घाटमा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस