२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग दुवैतर्फी अवरुद्ध

३१ चैत, काठमाडौं । लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

लेदोको कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए । ‘लेदोसहितको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरो रोकिएपछि पन्छाउने काम सुरु हुन्छ,’ एसपी सुवेदीले भने ।

 

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस