२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

बजारमा आयो नयाँ ५ रुपैयाँको नोट, हेर्नुहोस् के के छन् विशेषता?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नयाँ नोट आज (मंगलबार) देखि चलनचल्तीमा ल्याएको छ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नयाँ नोट साविककै आकार र रङमा रहेको राष्ट्र बैंकले जनाएको छ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, मध्यभागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र छ। तल्लो भागमा नोटको सिरिज नम्बर नेपालीमा “वि.सं. २०८१” लेखिएको छ।

यसअघि २०७७ मंसिर १० मा सूचित गरिए पनि आजदेखि संकेत नम्बर ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस