२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

साताको दुई दिन कर्मचारीका लागि जातीय पहिरन अनिवार्य

काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब आइतवार र सोमवार अनिवार्य रूपमा जातीय वेशभूषा लगाएर कार्यालय जानुपर्ने भएको छ।

गएको चैत १ गते पालिका अध्यक्ष मेजरकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निर्णय गरेको नियम वैशाख १ गतेदेखि लागू गरिएको हो। उपाध्यक्ष पुष्पकुमार राईका अनुसार यो निर्णय पालिकाको संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले गरिएको हो।

सोमवार प्रशासकीय अधिकृत ताराकिरण राईले सूचना जारी गर्दै अबदेखि कर्मचारीहरू आइतवार र सोमवार जातीय पहिरनमै उपस्थित हुनुपर्ने जनाएका छन्।

पालिका अध्यक्ष राईले गाउँपालिकाभित्रका जातजातिको वेशभूषा, भाषा र संस्कृतिको संरक्षण गर्न यो नीति ल्याइएको बताए। लिम्चुङबुङ गाउँपालिकामा हाल १ हजार ८७८ जनसङ्ख्या रहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस