२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

तेस्रो जीतका लागि नेपाल हङकङसँग मैदानमा उत्रँदै

३ बैशाख, काठमाडौँ । आज नेपालले हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । आइसिसी यु १९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधवार बिहान मुलपानी तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजेवाट सो खेल सुरू हुनेछ । यसअघि ओमानलाइ ९ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो भने पहिलो खेलमा नेपालले युएईलाई डववर्थ लुइस पद्धति डिएलएसका आधारमा पाँच रनले पराजित गरेर पहिलो जित निकालेको थियो ।

आज नेपाल तेस्रो जीतका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस