काठमाडौं। सामाजिक अभियान्ता शर्मिला वाइवा घाइते भएकी छिन्। वाइवाका नजिकका व्यक्तिका अनुसार उनीमाथि आर्थिक लेनदेनसम्बन्धी विवादका कारण रड आक्रमण भएको हो।
वाइवा विभिन्न सामाजिक मुद्दाहरूमा खुलेर बोल्ने व्यक्तित्वका रूपमा चिनिन्छिन्। उनले सामाजिक सञ्जालमा विभिन्न विषयमा धारणा सार्वजनिक गर्ने गरेकी छन्, जसका कारण उनी सधैं चर्चा र विवादमा रहने गरेकी थिइन्।
उनीमाथि भएको आक्रमणप्रति सामाजिक सञ्जालमा चिन्ता र आक्रोश प्रकट गरिएको छ। सामाजिक सञ्जालमा भाइरल तस्बिरमा उनलाई गहिरो चोट देखिएको छ। घटनाबारे थप जानकारी आइसकेको छैन।
प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार

