२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काँडाघारीमा शर्मिला वाइबामाथि रेन्चु प्रहार, सहकर्मी फरार

काठमाडौं । काठमाडौंको काँडाघारीमा आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबामाथि बुधवार राति आक्रमण भएको छ। राम मन्दिर नजिकको पहेँलो पुलमा वाइवामाथि रेन्चु प्रहार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनलाई उनका सहकर्मी शर्मिला श्रेष्ठ राईले आक्रमण गरेकी हुन्। लेनदेनको विषयमा विवाद हुँदा श्रेष्ठले वाइबामाथि रेन्चु प्रहार गरेकी थिइन्।

वाइबा सामान्य घाइते भएकी छन् र हाल बौद्धस्थित स्तुपा अस्पतालमा चिकित्सकहरूको अवलोकनमा छिन्। आक्रमणपछि राई फरार भएकी छन्। उनीहरू पहिले सँगै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस