२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

यसकारण दिँदैछिन् रास्वपाकी सुमना श्रेष्ठले राजीनामा: पार्टीभित्र उठ्यो बहस

काठमाडौं । रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी पदबाट राजीनामा दिने प्रस्ताव ल्याएकी छन्। उनले ‘एक व्यक्ति, एक पद’ सिद्धान्तलाई व्यवहारमा उतार्न खोजेको बताउँदै आफू सांसदको भूमिकामा सीमित हुन चाहेको उल्लेख गरेकी छन्।

श्रेष्ठले पार्टीको अभियानात्मक जिम्मेवारी अरूलाई सुम्पन चाहेको र सांसदले पार्टीको पद ओगट्दा गलत सन्देश जाने धारणा व्यक्त गरेकी छन्। उनले यो निर्णय व्यक्तिगत नभई सैद्धान्तिक हो भनेकी छन्। तर, श्रेष्ठको प्रस्तावबारे पार्टीभित्र मतविभाजन देखिएको छ। केहीले समर्थन जनाए पनि, अरूले पार्टी संकटमा परेको बेला यस्तो कदम अराजनीतिक भएको भन्दै आलोचना गरेका छन्।

यो प्रस्ताव श्रेष्ठले रवि लामिछाने पुनः सभापति बनेको दिन अघि ल्याएकी थिइन्, तर लामिछानेको सुझावमा रोकिएकी थिइन्। अहिले लामिछाने कारागारमा रहेका बेला प्रस्ताव पुनः अघि सारेकी हुन्।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस