२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंको मन्दिर नजिक एक पुरुषको शव फेला

www.janaboli.com;

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव आज (बिहीबार) भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

मृत भेटिएका पुरुष अन्दाजी ५५–५६ वर्ष जति रहेको बताइएको छ । उनको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस