२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पश्चिम नेपालमा वर्षा: हवाई उडान प्रभावित

Heavy rain in Chitwan

काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। रुकुमपश्चिम, दाङ, बाँके, सुर्खेत, दैलेख, सल्यान, बर्दिया, रोल्पालगायतका क्षेत्रमा पानी परिरहेको छ।

खराब मौसमका कारण केही हवाई उडानहरू प्रभावित भएका छन्। काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट भएको छ। श्री एयरलायन्सको जहाजले पनि नेपालगञ्जमै फन्को लगाएर अवतरण गरेको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र पानी पर्ने सम्भावना छ। केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

 

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस