काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–११ स्थित हिरापुरबाट अवैध लागूऔषध गाँजा करिब २४४ किलोग्रामसहित एक युवक पक्राउ परेका छन्।
बुधबार राति इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा भुसको बोराभित्र लुकाइएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार बोलेरो गाडीको ढोका खोल्दा देखिएको धानको भुस शंकास्पद देखिएपछि खोलेर हेर्दा बोराभित्र गाँजा लुकाइएको पाइयो। सोही गाडीका चालक लालबन्दी नगरपालिका–१, नवलपुर निवासी २५ वर्षीय सुशिल चौधरीलाई प्रहरीले घटनास्थलमै नियन्त्रणमा लिएको हो।
हाल उक्त घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार

