२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मौसम पूर्वानुमान : स्थानीय तथा पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

५ बैशाख , काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ । सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।राति पनि यो क्रमले निरन्तरता पाउने छ ।

सातै प्रदेशमा चट्याङ्गसहित वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस