२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

११ बुँदे मागपत्र बुझाउँदै राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना

५ बैशाख , काठमाडौँ । निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिंदै विभिन्न ११ बुँदे मागपत्र बुझाएका छन् । संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिएका हुन् । २०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले बिहीबार मात्रै विरोधका कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत आज संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । ज्ञापनपत्र बुझाउनुअघि कर्मचारीहरूले धर्ना दिएका हुन् ।

कर्चारीहरूले आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् । कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस