२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सत्ता परिवर्तनको हल्लामा सत्यता छैन, ढुक्कले काम गर्नुहोस् : प्रधानमन्त्री ओली

५ बैशाख, काठमाण्डौँ । ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको र ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा स्पष्ट रहेको बताए ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस