२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

चितवनमा प्रधानमन्त्री ओलीले रेनुलाई सोधे-‘छोरी सञ्चै छौ ?’

५ बैशाख , चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चितवन पुगेर गोन्द्राङ पुल्चोक ६ लेनको सडक खण्डको उद्दघाटन गरेका छन् ।
चितवनको भरतपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले पनि स्वागत गरेको तस्विर तथा भिडिओ सार्वजनिक भएका छन् ।

धेरैले प्रधानमन्त्री ओलीको स्वागतमा मेयर दाहाल नजाने चर्चा सामाजिक सञ्जालमा भएको थियो । तर, विमानस्थलमा रेनुले बुके बोकेर प्रधानमन्त्रीको स्वागत गरेकी थिइन् । विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री ओलीले रेनुको पुष्पगुच्छा ग्रहण गर्दै छोरी भनेर सम्बोधन गरेका थिए । ओलीले ‘छोरी भनेर सम्बोधन गरेको र सञ्चै छौ ?’ भनेर सोधेका थिए ।

 

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस