२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

बुटवलमा एक युवतीलाई किन हानियो गोली ? त्यहाँको अबस्था कस्तो छ ?

६ बैशाख, रुपन्देही । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।

रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने बिष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । रानाले केही दिनअघि एकजना भारतीय एक युवकसँग विवाद भएकोले उनले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस