६ बैशाख , धादिङ । काठमाडौँबाट पोखरा जाँदै गरेको बोलेरो जीप धादिङमा भारतीय ट्रकसँग ठोकिँदा एक यात्रुको मृत्यु भएको छ । धादिङ प्रहरीका अनुसार प्र ३–०१–०२३ च ६५८ नम्बरको गाडी शुक्रबार राति १२ बजेतिर पृथ्वी राजमार्गअन्तर्गत एक्लेफाँटमा यूपी ३२ टीएन ४१९८ नम्बरको भारतीय गाडीको पछाडिको भागमा ठोकिएको हो ।
दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सुवास हमालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको थियो । तर उपचारका क्रममा शनिबार बिहान २ बजेतिर उनको मृत्यु भएको डिएसपी हमालले जानकारी दिए । बोलेरो गाडीमा रहेका चालकसहित अन्य ५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार

