२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

परराष्ट्रमन्त्री डा. राणा बैंकक जाँदै, युएनस्केपको अध्यक्षता गर्ने

७ बैशाख , काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आइतबार थाइल्याण्डको बैंकक जाने भएकी छन् । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस सत्रको विषयवस्तु एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।
उनीहरु अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस