२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

‘जेल जान मात्र होइन, गोली खान तयार छौं’ : प्रहरीबाट भागेका सांसद सिंह

७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक सिंहले राप्रपाका नेताहरु जेल जान मात्र नभएर गोली खान पनि तयार भएको बताएका छन्। आज सिंहदरबारमा नियन्त्रण गर्न गएको प्रहरीबाट फुत्किएर बानेश्वर प्रदर्शनमा पुगेका सिंहले राप्रपाका नेताहरु जेल जान मात्र नभएर गोली खान पनि तयार भएको बताएका हुन् ।

उनले भने, ‘यो नालायक सरकारले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत साथीहरूलाई प्रहरीले पक्राउ गर्‍यो त्यसमा म पनि थिए । हामीले पहिले नै भनेको निषेधित क्षेत्र तोड्ने आज तोडेर देखाएऔं । राष्ट्र जनताको लागि जेल जान त परैजाओस गोली थाप्न पनि हामी तयार छौँ ।’

आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका छन् । लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस