काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-११ कोराक बस्ने २५ वर्षीय बाबुराम तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, उदयपुर, त्रियुगा नगरपालिका-६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सोही नगरपालिका-१२ दुर्गा टोल बस्ने २६ वर्षीय मो. इस्माइल अलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार

