२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

बिहानै अप्रिय घटना : पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

८ बैशाख , काठमाण्डौँ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षीय बिनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४५ वर्षीय दुर्गा भट्टराई छन् ।

आध्याकी आमा ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य र सविनाका छोरा १० वर्षीय अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। गम्भीर अवस्थाकी घाइते सविनाको शरीरको धेरै भाग जलेकोले हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्। उनलाई रेफरको तयार गरिएको छ ।

बिजुलीको तारबाट लत्रिएको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस