२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पूर्व रेडक्रस अध्यक्षको गोली लागेर घटनास्थलमै मृत्यु, कारण खोज्दै प्रहरी

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–मोतीपुरमा एक व्यक्तिले आफ्नै बन्दुकले आत्महत्या गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार रेडक्रस दाङका पूर्वअध्यक्ष नारायण आचार्यले घरमै लाइसेन्सवाला बन्दुकले आफैंमाथि गोली चलाएका हुन्। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले आज दिउँसो साढे ३ बजे घटना बारे जानकारी पाएपछि डीएसपीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

एसएसपी जनार्दन जीसीका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस