२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ओलीको गुनासो : ‘पार्टी भित्रका साथीकै बोलीले विरोधीलाई सहयोग पुग्छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सदस्यहरू विरोधीका पक्षमा बोलेको भन्दै गुनासो गरेका छन्।

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘विरोधीले संगठित रूपमा हमला गर्छन्, तर हाम्रै साथीहरू कतै भ्रममा परेर उनीहरूकै सुरमा बोल्छन्।’

ओलीले गाली खान गल्ती गर्नै नपर्ने बताए। ‘राष्ट्रका लागि राम्रो गर्न खोज्नेहरूलाई नै अपराधी र समाज बिगार्नेहरूले चर्को विरोध गर्छन्,’ उनले भने।

उनको भनाइमा, ‘विभिन्न वैदेशिक शक्तिहरूले एमालेलाई घेराबन्दी गर्न भूमिका खेलिरहेका छन्।’

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस