काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णरुपमा असफल भएको निचोड निकालेको छ । बुधबार पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार राजनीतिक रूपमा अस्तित्व गुमाइसकेको र अब बस्ने नैतिकता पनि नभएको आरोप लगाए।
उनले भ्रष्टलाई जोगाउने र इमान्दारलाई कारबाही गर्ने काम मात्रै भएको भन्दै सरकारप्रति कडा आलोचना गरे। उनले यो माओवादीको आधिकारीक धारणा भएको बताएका थिए ।
प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार

