काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नयाँ मितिमा लिने निर्णय गर्दै संशोधित समयतालिका सार्वजनिक गरेको छ।
यसअघि वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा मंगलबार आकस्मिक निर्णयसहित स्थगित गरिएको थियो। त्यसपछि बोर्डले बुधबार नयाँ तालिका सार्वजनिक गर्दै परीक्षा अब वैशाख २१ गतेदेखि सुरु हुने जनाएको हो।
बोर्डका अनुसार परीक्षाको नयाँ तालिका अनुसार निर्धारित मितिमा नै परीक्षा सञ्चालन गरिनेछ।
तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार

