११ बैशाख, काठमडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तले बिहीबार अपराह्न शपथ लिने भएका छन् । शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । शपथका लागि अपराह्न ४ बजेको समय तय भएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीले जानकारी दिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्त नेकपा एमालेका समानुपातिक सांसद हुन्। गत सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि पन्त शिक्षामन्त्री नियुक्त भएका हुन् ।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

