२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कांग्रेस महामन्त्री थापाले खुलेरै भने : सरकारबाट बाहिर जान्छौं

Gagan Thapa apologised, saying it was a serious mistake

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा पार्टीको सहभागिता बाध्यताको उपज भएको खुलासा गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले स्पष्ट रूपमा सरकारबाट बाहिरिने चेतावनीसमेत दिए।

‘आज हामी बाध्यतामा छौं। सरकारमा हामी एक्लै छैनौं,’ थापाले भने, ‘कतिपय कुरामा हामीले सम्झौता गरेका छौं, तर आधारभूत कुराहरूमा हामी सम्झौता गर्दैनौं।’

उनले सरकार सबैभन्दा ठूलो कुरा होइन भन्दै, आवश्यकता परे कांग्रेस यस्तो सरकारबाट बाहिरिन तयार रहेको स्पष्ट पारे।

‘हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने यस्तो सरकारबाट बाहिर जान्छौं,’ उनको भनाइ थियो।

थापाले समस्याको मात्रै कुरा गरेर नहुने भन्दै, समाधान दिन सक्ने र जनताको भरोसा जित्न सक्ने पार्टी बन्नुपर्नेमा जोड दिए। उनले जनतासँग संवाद, जवाफदेही शासन र स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस