२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

रनमामाईकोट केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प, सतर्क रहन आग्रह

काठमाडौं । रुकुम पूर्व जिल्लाको रनमामाईकोट क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहीबार बेलुका ७ः३४ बजे ४.२ रिक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय म्याग्निच्युड ४.२ मापन गरिएको हो।

भूकम्पको केन्द्रविन्दु रुकुम पूर्वको पहाडी क्षेत्रअन्तर्गत पर्छ। रुकुम पूर्वका विभिन्न स्थानसहित आसपासका जिल्लाहरूमा पनि यसको धक्का महसुस गरिएको थियो।

हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन। केन्द्रका अनुसार पछिल्लो समय देशका विभिन्न भूभागमा स–साना परकम्पहरू आइरहेका छन्, जसले भूगर्भीय चाप झल्काउँछ।

भूकम्प विज्ञहरूले यस क्षेत्रमा भूकम्पको सम्भावना सधैं रहँदै आएको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस