काठमाडौँ । कारोबार साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ।
गएको दिन बिहीबार यो मूल्य एक लाख ९० हजार ६ सय रुपैयाँ थियो। यस हिसाबले आज सुन प्रतितोला एक हजार रुपैयाँले सस्तो भएको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर दुई हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार

