१२ बैशाख , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रममा उनले राष्ट्रको आर्थिक अवस्था र बजेटले पुुनःनिर्माण भ्याउन नसक्ने भन्दै क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘हामीले के देख्यौं भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भनेपनि राष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, क्षमताले पुुनःनिर्माण भ्याउन सक्ने अवस्था होइन । त्यसो भएर हामीले पहिले त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता छ । भत्किनजेल पर्खिने होइन ।’ यस्तै, उनले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई क्षति नहोस् भनेर पूर्वतयारीमा जोड दिन पनि आग्रह गरेका छन् ।

