२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित​

१२ बैशाख , काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठक शोक प्रस्ताव पारित गरी स्थगन गरिएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधन सम्बन्धमा अध्यक्ष दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतीले पारित गरेसँगै सभा स्थगन गरिएको हो ।

यसअघि स्व। बोहोराप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्व बोहोरा संविधानसभा सदस्य पनि थिए । उनी रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको संसद्‌मा निर्वाचित भएका थिए । अध्यक्ष दाहालले भने,विक्रम संवत् २००७ चैत १८ गते जन्मिनुभएका प्रतिनिधिसभा सांसद बोहोराको ७४ वर्षको उमेरमा गत चैत १९ गते निधन भएकामा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।

सभाको अर्को बैठक वैशाख १४ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ । सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको १८औं अधिवेशनको पहिलो बैठकमा सदस्यलाई स्वागत गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस