२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सञ्चारमन्त्रीले दिए तेस्रो पटक चेतावनी : ७ दिनभित्र दर्ता नभए फेसबुकमाथि प्रतिबन्ध

१२ बैशाख , काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ७ दिनभित्र दर्ता नभए मेटामाथि नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभाग स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक(पटक सूचना जारी गरे पनि नमानेको बताए ।

तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने गुरुङको भनाइ छ । नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएकोले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने मन्त्री गुरुङले बताए । ५ वैशाखमा पनि गुरुङले सरकारले तोकेको समयभित्र फेसबुकलगायतका सामाजिक सञ्जाल प्लेटफर्म दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका थिए । त्यसअघि २३ माघमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस