२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कान्ति राजमार्ग दैनिक ६ घण्टा बन्द हुने, राजमार्ग विस्तारले यात्रुमा थपियो सास्ती

१३ बैशाख, काठमाडौँ । कान्ति राजमार्ग विस्तार क्रममा दैनिक ६ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना प्रकाशित गरी कान्ति राजमार्गमा सवारी आवागमन बन्द हुनेबारे जानकारी गराएको हो ।

मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडक चौडा बनाउन काम भइरहेको छ । त्यसका लागि १८ वैशाखदेखि २ जेठसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ । यो सडक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द हुने भएको हो । प्रशासनले उक्त अवधिमा काठमाडौं–हेटौंडा सडकमा यात्रा गर्नेले वैकल्पिक मार्ग प्रयोग गर्न समेत आह्वान गरेको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस