२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मौसम पूर्वानुमान : आज शुक्रबारको जस्तै गर्मी हुने, भोलिबाट वर्षा गराउने प्रणाली विकास हुँदै

१३ बैशाख , काठमाडौँ । देशका केही भूभागमा आज उच्च तापक्रमको सम्भावना रहेको छ । केही स्थानमा भने वर्षाको सम्भावना पनि छ ।
तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहँदा पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ । सोही प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी रहने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा हावाको तातो लहरको सम्भावना रहेको छ । यी स्थानमा तापक्रम बढेर ३९ देखि ४० डिग्रीको आसपास पुगिसकेको छ । शुक्रबार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । धेरै स्थानमा ३९ डिग्री सेल्सियस वा सोभन्दा बढी अधिकतम तापक्रम मापन गरिएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस