२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौं यसकारण आइतबार बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरपालिकाले आइतबार शोक बिदा दिएको हो । उनको हिजो शुक्रबार निधन भएको थियो । निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी जानकारी गराएको छ । वि. सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए ।

उपप्रधानपञ्चका रुप उहाँले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याएको योगदानको उच्च सम्मान बिदा दिने निर्णय भएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस