२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

६ दिनअघि मृत्युवरण गरेका श्रीमानको किरिया बसेकी भगवतीको पनि निधन

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतीपुरकी भगवती शर्माको निधन किरिया बसिरहेकै अवस्थामा भएको छ। उनका श्रीमान् नारायण आचार्यको निधन भएको ६ दिनपछि शनिबार बिहान शर्मा पनि संसारबाट बिदा भएकी हुन्।

शुक्रबार राति ११ बजे जीवनजल पानी पिएर सुतेकी शर्मालाई बिहान उठाउने बेला नउठेपछि तत्काल राप्ती लाइफ केयर हस्पिटल पुर्‍याइएको थियो। तर अस्पताल लगिएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

विनोद शर्माका अनुसार, भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर र कोलेस्ट्रोल रोगबाट पीडित थिइन्। उनी एक दशकदेखि विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध रहेकी थिइन्। शर्मा नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय सदस्य तथा राप्ती प्रादेशिक अस्पताल विकास समितिकी सदस्य समेत थिइन्।

यसअघि उनका श्रीमान् नारायण आचार्यले घरमै रहेको १२ बोरको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए। प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार आचार्यको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस