काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी र बिगमार्टलाई अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल राखेर मात्रै वस्तु कारोबार गर्न निर्देशन दिएको छ।
विभागका महानिर्देशक कुमार दाहालले शुक्रबार दुवै सञ्चालकलाई बोलाएर हरेक वस्तुमा अनिवार्य लेबलसहित कारोबार गर्न चेतावनी दिनुभएको हो। उहाँका अनुसार स्वदेशी वा आयातित सबै वस्तुमा एमआरपीसहितको लेबल नलगाइ कारोबार गरे कारबाही गरिनेछ।
विभागका प्रवक्ता जगदीश अर्यालले भाटभटेनी र बिगमार्टले अबदेखि सबै वस्तुमा एमआरपीसहितको लेबल राखेर मात्र बिक्री गर्ने सहमति जनाएको जानकारी दिनुभयो।
गत चैतदेखि अनिवार्य एमआरपी व्यवस्था लागू गरेको विभागले पछिल्ला दिनहरूमा अनुगमन तीव्र बनाएको छ। विभागका अनुसार अनुगमनपछि उद्योगी तथा व्यवसायी एमआरपीसहित कारोबार गर्न बाध्य भएका छन्।
प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार

