२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कर्मचारीको पेन्सन दिने प्रस्ताव अस्वीकृत !

काठमाडौं । संसद् सेवाका कर्मचारीलाई १५ वर्ष सेवा अवधि पुग्नासाथ पेन्सन दिने प्रस्ताव संसदीय समितिबाट अस्वीकृत भएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिले सांसदहरूले अघि सारेको संशोधन प्रस्ताव अस्वीकार गरेको हो।

यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी, रास्वपा, जसपा लगायतका १७ सांसदले छुट्टाछुट्टै संशोधन प्रस्ताव राखेका थिए। तर, सरकारले संशोधनको प्रस्ताव नल्याएको ऐनमा हस्तक्षेप गर्न नमिल्ने भन्दै समिति सभापति विमला सुवेदीले प्रस्ताव अस्वीकृत गरिएको जानकारी दिइन्।

यससँगै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक भने पारित भइसकेको छ र आइतबार प्रतिनिधि सभामा पेश गरिने तयारी छ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस