२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

चार शीर्ष राजावादी नेता भोलि एउटै मञ्चमा देखिने, समर्थकहरु उत्साहित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भोलि आयोजना गर्ने विरोध सभामा चार जना चर्चित राजावादी नेता एउटै मञ्चमा उभिने भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाको निम्तोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट सहभागी हुने दाबी गरिएको छ।

राप्रपा नेपालले चार नेताको तस्बिर राखेर पोस्टरसमेत बनाइसकेको छ। यद्यपि लिङ्देन पक्ष भने कार्यक्रमबारे अनभिज्ञ रहेको बताइएको छ।
भोलिको प्रदर्शनमा कुनै पार्टीको झण्डा प्रयोग नगरी राष्ट्रिय झण्डामात्र बोकिनेछ। राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा भइरहेको प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालले भनेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस