काठमाडौं । काठमाडौँको बिजुलीबजारस्थित पुल नजिक आन्दोलनरत शिक्षकहरूले ‘घुसपैठ’ गरेको आरोपमा एक कार्यालय सहयोगीलाई कुटपिट गरेका छन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा रहेको श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बु नुर्बु तामाङ आन्दोलनमा सहभागी हुन आएका थिए। तर, उनीमाथि कपडा च्यातेर कुटपिट गरिएको छ।
आक्रमणपछि तामाङले आफू विद्यालयको कार्यालय सहयोगी भएको र आन्दोलनमा समर्थन जनाउन आएको बताएका छन्। प्रहरीको उद्धारमा उनी सुरक्षित निकालीएर प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए।
कुटपिटका कारण तामाङको मुख र कानमा चोट लागेको छ। कपडा समेत च्यातिएको छ।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

