काठमाडौँ। काठमाडौँ मेडिकल कलेजले शिक्षक आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।
अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको निःशुल्क उपचार गर्नका लागि अस्पतालले व्यवस्था मिलाएको बताएका छन्।
सामाजिक उत्तरदायित्वका रूपमा घाइतेहरूको उपचार गर्न कलेजले यो निर्णय गरेको उल्लेख गर्दै दाहालले थपे, “हामी आन्दोलनका घाइतेलाई बिना शुल्क उपचार सुविधा प्रदान गर्नेछौं।”
आज २६ औं दिनमा शिक्षक आन्दोलनमा प्रहरीले गरिएको झडपका क्रममा ६३ जना शिक्षक र कर्मचारी घाइते भएका छन्, जसमा केहीलाई गम्भीर चोट लागेको छ।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

