२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

शिक्षकहरू जुलुस निकाल्ने र गीत गाउनेमा मात्र हेर्नु हुँदैन : सांसद खतिवडा

१६ बैशाख , काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई विद्यालय पठाउने वातावरण सिर्जना गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले शिक्षक दलहरूका मात्रै नभएर सबैका भएको बताएका हुन् ।

‘शिक्षक कांग्रेस(एमाले र माओवादीका मात्र होइनन्, सम्पूर्ण देशका शिक्षक हुन् । उहाँहरूलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउनेको रूपमा व्यवस्थापन नगरियोस् । तुरुन्तै विद्यालय पठाउने वातावरण सिर्जना गरियोस् । शिक्षामन्त्रीले संसदमा आएर जवाफ दिने वातावरण होस्,’उनले भने । सांसद खतिवडाले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न पनि माग गरे ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस