१६ बैशाख , काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद शाहीले नैतिक हिसाबले प्रधानमन्त्री ओलीले सरकारमा बसिरहने हैसियत गुमाइसकेको बताएका हुन् ।
सांसद शाहीले देश आन्दोलनमय भइरहेका बेला प्रधानमन्त्री ओली रमिते बनेको आरोप लगाए । देश आन्दोलित छ । शिक्षक, स्वास्थ्यकर्मी, सहकारीपीडितहरू सडक आन्दोलनमा छन् । कर्मचारी पनि सडकमा जाने तयारी गरिरहेका छन्, उनले भने,राजावादीहरूले अहिलेको व्यवस्थामाथि धावा बोलिरहेका छन् । देश अस्तव्यस्त अवस्थामा छ । तर, सरकार रमिते भएर बसिरहेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

