२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पूर्वमन्त्री आलेमाथि संसदभित्र अश्लील गाली दिएको आरोप, सफाइमा के भने ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले आफूले संसद्मा अश्लील भाषा नबोलेको दाबी गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सोमबारको बैठकमा प्रयोग गरेका शब्दहरू अश्लील नभएको जिकिर गरे।

“अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” सांसद आलेले भने, “पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्‍यो भनेको हुँ, अश्लील बोलेको होइन।”

उनले आफ्नो भनाइ ध्यान दिएर सुनेर मात्रै समाचार सम्प्रेषण गर्न पनि आग्रह गरे। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारविरुद्ध बोलेको कारण आफूलाई नियोजित रूपमा निशाना बनाइएको उनको आरोप छ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस