काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुमा एक महिलाले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्। सुकुम्बासी जागृत टोलमा बस्ने ४५ वर्षीया बिना श्रेष्ठले श्रीमानसँगको विवादपछि आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।
गएराति करिब पौने १० बजे आत्मदाह प्रयास गरेकी श्रेष्ठलाई परिवारले तत्काल नयाँबजारस्थित पिपल्स अस्पताल पुर्याएका थिए। चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ।
प्रहरी वृत्त बालाजुले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

