२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राउटे समुदाय शोकमा, मुखिया शाहीको निधनपछि बस्ती सर्ने तयारी

काठमाडौं । नेपालको एकमात्र घुमन्ते–फिरन्ते राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ। अत्यधिक मदिरा सेवनका कारण ४९ वर्षीय शाहीको सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका–८, सोतखोलास्थित बस्तीमै मृत्यु भएको हो।

बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार वैशाख १ मा नयाँ वर्ष मनाएपछि शाहीले निरन्तर मदिरा सेवन गरिरहेका थिए। पछिल्ला केही दिनदेखि बिरामी परेका उनलाई उपचारका लागि लैजाने तयारी भइरहेकै बेला सोमबार साँझ मृत्यु भएको हो।

खत्रीका अनुसार बाह्य व्यक्तिहरूले ‘मुखिया’ भन्दै पैसा दिने, रक्सी ल्याउने जस्ता क्रियाकलापले समस्या बढाएको थियो। शाहीको मृत्युपछि राउटे समुदायले परम्परा अनुसार अन्त्येष्टि गरिसकेको छ। राउटे परम्पराअनुसार कोही सदस्यको निधन भएमा बस्ती सार्ने चलनअनुसार अहिले समुदाय नयाँ बासस्थानको खोजीमा छ।

हाल राउटे समुदायको जनसंख्या घटेर १३५ पुगेको छ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस