काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेकी दुई महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ की ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा नगरपालिका–४ पोखरीथोककी ४१ वर्षीया सविना शाक्य रहेका छन्।
जिल्ला अदालत काठमाडौं र ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई क्रमशः ललितपुरको महालक्ष्मी र काठमाडौंको डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो।
अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुर र शाक्यलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

