काठमाडौं । सोमबार दिउँसो प्रहरीले भक्तपुरका विभिन्न स्थानहरूमा जुवातास खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ।
मध्यपुर थिमी नगरपालिका-४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्रसहित ९ जनालाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरिएको हो।
यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णरामसहित ५ जनालाई नगद ३४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरिएको छ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गर्दैछ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

